नेकपा माओबादी केन्द्र तनहुँकाे दश वटै पालिकामा अधिवेशन सम्पन्न
नेकपा माओबादी केन्द्र तनहुँले जिल्लाका दश वटै पालिकामा अधिवेशन तथा खवरदारी सभा सम्पन्न गरेको छ । पार्टीले जिल्लाका सबै पालिकामा पुगेर खवरदारी सभा र अधिवेशन सम्पन्न गरेको जनाएको छ ।

ब्यास नगरपालिकामा गोपाल सुर्खाली, शुक्लागण्डकी नगरपालिकामा शरण सापकोटा, भानु नगरपालिकामा भरत थापा, ऋषिङ्ग गाउँपालिकामा डम्वर वि.क,म्याग्दे गाउँपालिकामा बालकृष्ण श्रेष्ठ, घिरिङ्ग गाउँपालिकामा चुननारायण श्रेष्ठ , बन्दिपुर गाउँपालिकामा धुर्वप्रसाद लामिछाने, आँबुखैरेनी गाउँपालिकामा खगराज गौली र देवघाट गाउँपालिकामा भुवन सिं गुरुङ्गको अध्यक्षतामा कमिटी गठन गरेको हो ।

























