विद्युतको समस्याले म्याग्दे उमाचाेक खानेपानी आयोजना बन्द

विद्युतको समस्याले म्याग्दे उमाचाेक खानेपानी आयोजना बन्द


विद्युतको समस्याले म्याग्दे उमाचाेक खानेपानी आयोजना बन्द भएको छ । तनहुँको म्याग्दे गाउँपालिका-२ को डुमडाँडा,गुञ्जार र सिप्ले गाउँका बासिन्दालाई हिउँदको समयमा सहज रूपमा खानेपानी वितरणका लागि लिफ्ट प्रविधिबाट निर्माण गरिएको उमाचोक खानेपानी आयोजनाको पानी संकलन कार्य बन्द हुँदा स्थानीय मर्कामा परेका छन् ।

विद्युत लाइनमा समस्या आएपछि गत भदौ महिनादेखि लिफ्ट प्रविधिबाट पानी तान्ने कार्य रोकिएको स्थानीय बासिन्दाले बताएका छन् । हिउँद लागेसंगै स्थानीय उपभोक्ताहरूले खानेपानीकाे समस्या झेल्दै आएका मात्रै छैनन , उत्पादनमा समेत क्षति बेहाेर्नुपरेकाे छ ।

खानेपानी आयोजनाको थ्रीफेज लाइनमा समस्या आएको तथा पटकपटक बिग्रने र यसको मर्मत सुधारका लागि करिब ८ लाख रूपैयाँ खर्च आउने भएपछि उपभोक्ताहरूले आर्थिक स्रोत जुटाउन नसक्दा बन्द हुने अवस्थामा पुगेको बताइएको छ । खानेपानी सञ्चालनमा नआएपछि स्थानीयले उपभोग तथा पशुवस्तु, सुन्तला तथा तरकारी खेतीमा समेत सहज रूपमा पानीको प्रयोग गर्न पाएका छैनन् ।
करिब १ सय ५० राेपनी जग्गामा सुन्तला खेती भइरहेको डाँडामा लामो समयदेखि पानी नआउँदा सुन्तला उत्पादन समेत प्रभावित हुनसक्ने कृषकले चिन्ता गरेका छन् । खानेपानी जस्तो संवेदनशील चिजलाइ समस्याको रूपमा दर्शाउँदा स्थानीय तहले प्रदेशको बजेट भन्ने , अर्कोलाई देखाउने गर्दापनी मर्मतको काम हुन नसकेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page