लागु औषध सहित आँबुखैरेनीका श्रेष्ठ पक्राउ

लागु औषध सहित आँबुखैरेनीका श्रेष्ठ पक्राउ
Oplus_131072

तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बाट लागु औषध सहित एक युवा पक्राउ परेका छन् ।
पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलिले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा आँबुखैरेनी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ३९ को रामकाजी श्रेष्ठ पक्राउ परेको आँबुखैरेनी प्रहरीले जनाएको छ ।

श्रेष्ठले साथमा लुकाई छिपाई ल्याएको अवस्थामा १ सय १४ एम्पुल नियन्त्रित लागु औषध प्रहरीले फेला पारेको थियो । पक्राउ परेका श्रेष्ठको बारेमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page