दमाैली सभाहलकाे भानुभक्त सभाकक्ष कर्मचारी मिलन केन्द्रलाई हस्तान्तरण

दमाैली सभाहलकाे भानुभक्त सभाकक्ष कर्मचारी मिलन केन्द्रलाई हस्तान्तरण

व्यास नगरपालिका–३ स्थित दमौली सभाहलभित्र रहेको भानुभक्त सभाकक्ष कर्मचारी मिलन केन्द्र तनहुँलाई हस्तान्तरण गरिएकाे छ ।

व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले सभाकक्षको औपचारिक पत्र र चाबी निजामती कर्मचारी संघ तनहुँका अध्यक्ष नारायण अधिकारीलाई प्रदान गरेका हुन् । शिक्षा तथा सामाजिक विकास कार्यालय तनहुँका इकाई प्रमुख र नापी कार्यालय तनहुँका प्रमुखको उपस्थितिमा हस्तान्तरण भएको हाे ।

उक्त हस्तान्तरणले नगरपालिका र कर्मचारीहरूको सहकार्य र समन्वयलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page