माघे संक्रान्तीको अबसरमा बन्दिपुरकाे कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता हुने
तनहुँको बन्दिपुर गाउँपालिका वडा नं २ काे कुकुर्दीमा माघे संक्रान्तीको अबसरमा गोरु जुधाई प्रतियोगिता हुने भएकाे छ ।
नारायण गोपाल युवा क्लबले विगतका वर्षहरुमा जस्तै यस वर्षपनी "स्वास्थको लागि खेलकुद र युवाको लागि खेलकुद" भन्ने मुल नाराका साथ गोरु जुधाई प्रतियोगिता र गाउँ स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिताकाे आयाेजना गरेकाे हाे ।
गोरु जुधाई तर्फ प्रथम पुरस्कार नगत रु .१५ हजार र दोस्रो पुरस्कार नगद रु. ७ हजार रहेको र दर्ता शुल्क ५ सय रहेकाे नारायण गोपाल युवा क्लबका अध्यक्ष उज्ज्वल गुरुङले बताए ।
पुरुष तथा महिला भलिबल प्रतियोगिता यहि पौष २५ गते बाट सुरु हुने छ । पुरुष भलिबल प्रतियोगिताको लागि टिम दर्ता शुल्क रु. ४ चार हजार ५ सय र महिला भलिबल प्रतियोगिताकाे दर्ता शुल्क ५ सय रहेको छ । पुरुष भलिबल तर्फ प्रथम पुरस्कार नगत रु. ४० हजार मेडल र प्रमाण पत्र , दोस्रो पुरस्कार नगद रु २५ हजार मेडल र प्रमाण पत्र, तेस्रो पुरस्कार नगद रु. १५ हजार मेडल र प्रमाण पत्र तथा महिला भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगद रु. ७ हजार मेडल र प्रमाण पत्र रहेको आयाेजकले जनाएकाे छ ।

























