तनहुँ भुमि आयाेग अध्यक्षमा राष्ट्रपतिले हस्तक्षेप गरेपछि तनहुँ काङ्ग्रेस भित्र खैलाबैला
तनहुँ भूमि आयोगकाे अध्यक्ष काङ्ग्रेसको भागमा परेको छ । अध्यक्षमा काङ्ग्रेसको भाग परेपछि राष्ट्रपति रामचन्द्र पाैडेलले आफु निकट बनाउन हस्तक्षेप गरेको बुझिएको छ । भुमि आयाेगमा समेत शीतल निवासले हस्तक्षेप गरि सिफारिस गरेपछि तनहुँ काग्रेस भित्र खैलाबैला भएको छ । अध्यक्ष हुन चाहने धेरै जना भए पनि अन्यलाई बाइपास गरेपछि याेगदानकाे कदर नभएको भन्दै केही काङ्ग्रेस नेताहरूले आक्राेस समेत व्यक्त गरेका छन् ।

मन्त्री देखि सामान्य कर्मचारि नियुक्तिमा समेत भाग खोज्दै आएका राष्टपति रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँमा भूमि आयोगको अध्यक्षमा समेत व्यक्ति ताेकेर नियुक्त गर्न सिफारिस गरेका छन् ।

तनहुँको भानु १० चोक चिसापानिका पुर्व गृह मन्त्री गोबिन्दराज जोशिका निकट गोविन्द सिलुवाललाइ भूमि आयोगको जिल्ला अध्यक्ष बनाउन राष्टपति पौडेलले सिफारिस गरेपछि तनहुँका काङ्रेसि कार्यकर्ता हरु चकित भएका छन् । योग्य र इमान्दार थुप्रै नेतालाइ पन्छाएर द्धन्द्धकालमा पार्टीको कृयाशिल सदस्यता समेत नविकरण नगर्ने सिलुवाललाई राष्टपति पौडेलले अध्यक्ष बनाउन सिफारिस गरेपछि तनहुँ काग्रेसमा खैलाबैला मच्चिएको हाे । सिलवाल काग्रेसको कुनै कार्यक्रममा उपस्थित नहुने, विगतमा वडाध्यक्ष हुँदा आफ्नै घरमा वडा कार्यालय राखेर भाडा असुल्ने जस्ता विवादास्पद कार्यमा संलग्न रहेको तनहुँका काग्रेस कार्यकर्ताहरुको गुनासो रहदै आएको छ ।
राष्टपति पौडेललाइ तनहुको राजनीतिमा साथ र सहयोग गर्दै आएका थुप्रै कार्यकर्ताहरुलाइ वास्ता नगरि सिलवाललाइ अध्यक्ष बनाउन पौडेलले देखाएको रुचि अस्वाभाविक र अपारदर्शी रहेको तनहुँ काग्रेसका एक नेताले बताए ।
यसअघि पनि पौडेलले आफ्ना पूर्व निजि सहयोगी रामचन्द्र अधिकारीलाइ भूमि आयोग तनहुँको अध्यक्ष बनाएका थिए । आफ्नै भतिज अनिल पौडेललाइ समाजकल्याण परिषदको उपाध्यक्ष बनाउन राष्टपति पौडेलले केहि समय अघि गरेको सिफारिस विवादमा परेको थियो । राष्टाध्यक्षजस्तो गरिमामय पदमा पुग्दा समेत पौडेलले ससानो नियुक्तिमा गरेको मरिहत्ते र विवादास्पद सिफारिसले आफुहरु लज्जित हुनुपरेको तनहु काग्रेसका केही नेताहरूले नाम उल्लेख नगर्ने सर्तमा गुनासो गरेका छन् । पुर्व गृहमन्त्री गोबिन्दराज जोशि सँगको लामो राजनितिक लडाइ पछि राष्ट्रपति बनेका रामचन्द्र पौडेलले जोशिका निकट रहेका प्रेम गुरुङ र चिनु पोखरेलाइ गण्डकी प्रदेशको समनुपातिकमा समाबेश , ध्रुब प्रधानलाइ बन्दिपुरको गाउपालिका अध्यक्ष मा , र भुमि आयोगको अध्यक्ष मा गोबिन्द सिलवाललाइ लगाउनु कहाँ सम्मको न्यायसंगत हाे ? ती नेताले प्रश्न गरेका छन् ।
























