विज्ञान शिक्षक समाज, नेपाल (स्टान) तनहुँको अध्यक्ष मा अधिकारी:
विज्ञान शिक्षक समाज, नेपाल (स्टान) तनहुँको
१०औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले स्टान जिल्ला कार्यसमितिको अध्यक्षमा देवराज अधिकारी लाई सर्वसम्मत चयन गरेको छ । यस्तै समितिकाे उपाध्यक्षमा कमला पोख्रेल , सचिवमा ध्रुव वाग्ले क्षेत्री, सह-सचिवमा पार्वती थापा र कोषाध्यक्षमा होमनाथ ढकाल चयन भएका छन् ।

यस्तै जिल्ला कार्य समितिको सदस्यहरूमा नविन विक, विष्णु पौडेल, अरविन्द कुमार यादव, लक्ष्मी तिम्सिना , प्रकाश तिम्सिना, पूर्णिमा क्षेत्री, रमेश अधिकारी, छवि पौडेल, गम बहादुर परियार, विकास ढकाल र मनोनित सदस्यहरूमा राजीव श्रेष्ठ, सविता आचार्य र पूजा भण्डारी चयन भएका छन् ।

अधिवेशनले निवर्तमान कार्यबहाक अध्यक्ष संगम आचार्यलाई प्रदेश अधिवेशन प्रतिनिधि र बेद बहादुर थापालाई केन्द्रीय अधिवेशन प्रतिनिधि पनि चयन गरेको छ। अधिवेशनकाे निर्बाचन समितिमा संयोजक चन्द्रप्रकास सुवेदी, अधिवेशन संयोजक एवम् स्टान गण्डकी प्रदेश तदर्थ समिति सदस्य सुदिप आचार्य र सदस्य तोया गिरी रहेका थिए ।
जिल्ला कार्य समितिमा पालिकाका स्टान अध्यक्षहरू पदेन सदस्य रहने विधानमा व्यवस्था छ।
यस अघि नै तनहुँका १० ओटै पालिकामा समाजको संसोधित विधान बमोजिम पालिका अधिवेसन सम्पन्न भैसकेका छन।
यस अघि भएको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले स्टान लगायत शिक्षकका विषयगत संघसंस्थाहरूसंग स्थानिय तहहरूले विद्यार्थीहरूको सिकाइ अभिवृद्धि गर्न सहकार्य गर्ने बताएका थिए । त्यसै गरि कार्यक्रममा निवर्तमान समितिका कोषाध्यक्ष देवराज अधिकारीले आयव्यय प्रतिवेदन र कार्यबहाक अध्यक्ष संगम आचार्यले स्टान गतिविधिहरू बारे प्रतिवेदन पेश गरेका थिए । निबृत्त बरिष्ठ विज्ञान शिक्षक चन्द्रप्रकाश सुवेदीले विज्ञान शिक्षक समाजको जन्म SETS तनहुँबाट भएको स्मरण गर्दै अबको विद्यालय, विज्ञान शिक्षक, विज्ञान सिकाइ कस्तो हुनुपर्छ भन्ने विषय प्रस्तुत गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष देवराज अधिकारीले स्टान तनहुँलाई अझ सक्रिय पूर्वक अघि बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
समितिका कार्यबहाक अध्यक्ष संगम आचार्यको सभापतित्वमा भएको कार्यक्रममा विज्ञान शिक्षक समाज नेपालका केन्द्रिय उपाध्यक्ष यदुनाथ न्यौपाने, STAN गन्डकी प्रदेशका उपाध्यक्ष सुदिप आचार्य, सदस्यहरू तोया गिरि, कमला पोखरेल र विज्ञान शिक्षकहरूको सुरुवाती संगठन SETS तनहुँका संस्थापक अध्यक्ष चन्द्र प्रकाश सुवेदी लगायत सबै पालिकाका अध्यक्ष एंव प्रतिनिधि हरूको उपस्थिति रहेको थियो ।





































