शुक्लागण्डकी सहकारी संघको अध्यक्षमा पाैडेल:
तनहुँकाे शुक्लागण्डकि नगरपालिका भित्रका सहकारी हरूकाे भेला सनिवार सम्पन्न भएको छ । भेलाले
शुक्लागण्डकी सहकारी संघ गठन गर्दै अध्यक्षमा शुलभ साकोसका अध्यक्ष रेशमलाल पौडेलको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति चयन गरेको छ।
समितिकाे उपाध्यक्षमा तारादेबी अधिकारी ( सानाकिसान ) ,सचिबमा: हरिराज अधिकारी र कोषाध्यक्षमा : मान कुमार तिम्ला ( उन्नति कृषि ) चयन भएका छन् ।
यस्तै समितिकाे सदस्यहरुमा बिरेन्द्र कुमार श्रेष्ठ ( मिलन साकोस ) ,शुसिला गुरुङ ( खैरेनीटार महिला ) , हरि तिम्सिना (सहज ) ,श्याममाया राना (रुपान्तर कृषि ) रामजी पौडेल ( नेपाल साकोस ) चयन भएका छन् ।
रेशमलाल पौडेलकाे सभापतित्वमा भएको कार्यक्रममा
नेफस्कुन केन्द्रिय संचालक समितिका सदस्य कमलादेबी गिरि प्रमुख अतिथि र कार्यक्रम संचालन शुलभ साकोसका सचीव नारायण दत्त अधिकारीले गरेका थिए ।






































