रवि लामिछानेलाइ रिहाइ गर्न आदेश
कास्की जिल्ला अदालतले रवि लामिछानेसँग ६५ लाख धरौटी माग गरि रिहा गर्ने आदेश दिएको छ ।

न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।

लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री रविमाथि पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर दुरूपयोग अभियोग छ ।
सहकारी ठगीको अनुसन्धानका शिलशिलामा लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
सम्पत्ति शुद्धीकरण मुद्दा समेत दायर गरिएपछि लामिछाने पुस १४ गते सांसद पदबाट निलम्बनमा परेका थिए । सहकारी ठगी र सम्पत्ति शुद्धीकरण समेत ३१ करोड २६ लाख मागदाबीसहित लामिछानेविरुद्ध अभियोजन गरिएको थियो ।
























