पृथ्वीराजमार्ग स्थित सेरामा दुईवटा बस ठाेक्किँदा एकजनाको हात चुँड्याे

पृथ्वीराजमार्ग स्थित सेरामा दुईवटा बस ठाेक्किँदा एकजनाको हात चुँड्याे
Oplus_0
Oplus_0


पृथ्वीराजमार्ग स्थित म्याग्दे ६ काे सेराटारमा दुईवटा बस एकआपसमा ठाेक्किएकाे छ । काठमाडौं बाट पाेखरा तर्फ जाँदै गरेको ग २ ख ३०७ नम्बरको बस र दमाैली पाेखराकाे मिनीबस एकआपसमा ठाेक्किएकाे हाे ।

दुर्घटनामा बसमा सवार एकजनाकाे हात चुँडिएकाे छ । बस एकआपसमा ठाेक्किएर पल्टिँदा खाेटाङ घर भएका दिकमनी तामाङ घाइते भएको र उनलाई जिपी काेइराला श्वासप्रश्वास केन्द्र बेलचाैतारामा सामान्य उपचार पछि पाेखरा स्थित मनिमाल अस्पतालमा लगिएको छ ।

बसमा सवार २४ र मिनीबसमा सवार ४ गरि २८ जना रहेकोमा निज तामाङ मात्रै घाइते भएको र उनको दाहिने हात चुँडिएकाे इलाका प्रहरी कार्यालय बेलचाैताराका प्रमुख प्रहरी निरीक्षक पाेषण थापाले बताए । घटना पछि दुबै बसका चालकलाई नियन्त्रणमा लिएको समेत उनलेे जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page