प्रथम जलदेवी कप फुटबल प्रतियोगिता सुरु

प्रथम जलदेवी कप फुटबल प्रतियोगिता सुरु

व्यास नगरपालिका वडा नं ५ स्थित पतेनी ठुलोटारमा प्रथम जलदेवी कप फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ । जलदेवी युवा क्लव म्याग्दे १ बाख्रेकाे आयाेजनामा पाैष २६ गतेदेखि माघ १ गतेसम्म हुने जलदेवी कप सेभेन ए साइट फुटबल प्रतियोगिताकाे कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका छन् । अध्यक्ष श्रेष्ठले खेलकुदले युवाहरूलाई अनुशासनमा राख्ने बताउँदै स्थानीय स्तरका खेलले राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने बताए । क्लवका अध्यक्ष मदन गुरूङकाे अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रवक्ता एवम् वडा नं १ का अध्यक्ष मणिभद्र वाग्ले लगायतका वक्ताहरूले बाेलेका थिए ।

सुक्रवारबाट सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमलाई ५५ हजार ५ सय ५५ रूपयाँ नगदका साथै ट्रफी , मेडल र प्रमाणपत्र तथा द्धितीय हुने टिमले ३३ हजार ३ सय ३३ रूपयाँ नगदका साथै ट्रफी , मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष मदन गुरूङले बताए । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष गुरूङले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page