तनहुँका पत्रकार पाैडेल र खनाल पुरस्कृत

तनहुँका पत्रकार पाैडेल र खनाल पुरस्कृत

प्रेस सेन्टर नेपाल तनहुँ शाखको पाँचौ अधिवेशन शुक्ला–६ झाँगाझोलीमा शुक्रबार सम्पन्न भएको छ । अधिवेशनमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेललाई कृष्णसेन इच्छुक र नेपाल पत्रकार महासंघ तनहुँ शाखाकी निवर्तमान उपाध्यक्ष अस्मिता खनालाई त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

दुबै जना पत्रकारलाई रु.पाँच हजार नगद तथा प्रमाणपत्रले सम्मान गरिएको हो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा संसदीय दलका नेता हरिबहादुर चुमान,कार्यक्रमका प्रमुख अतिथी प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य दीपक श्रेष्ठ जलान ,पार्टीका जिल्ला संयोजक ओमराज आले मदन,शुक्लागण्डकी नगरपालिका उपप्रमुख खुमबहादुर बिक राजु  लगायतका अतिथीले सामुहिक रुपमा पाैडेल र खनाललाई सम्मान तथा पुरस्कृत गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page