चाैंथाे ऋषिङ्ग अल्ट्रा म्यारथन सुरु
तनहुँको ऋषिङ्ग गाउँपालीकाले आयोजना गरेको ‘चौथो ऋषिङ्ग अल्ट्रा म्यारथन २०८१’ सुरु भएको छ।प्रतियोगिताको ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले सनिवार बिहान उद्घाटन गरेसँगै प्रतियोगिता सुरु भएको हाे । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गिनुमायाँ थापा , प्रमुख प्रशासकिय अधिकृत अनिल अमगाइँ लगायतको सहभागीता रहेको छ ।

पालिकाको विकास सँगै खेलकुदको माध्यमबाट पालिकालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पनि प्रचारप्रसार गर्ने उद्देश्यले आयाेजना गरिएको प्रतियोगितामा ४२.२ किलो मिटर दुरी रहने छ । अल्ट्रा म्यारथन प्रतियोगिता ऋषिङ गाउँपालिकाको प्रवेश द्वार वडा नं ८ को धारुङ देखि सुरु भई वडा नं ३ को दुबुङ भ्युटावरमा पुगेर विशेष समारोहका बिच कार्यक्रम सम्पन्न गरिने छ । प्रतियोगितामा प्रथम लाई नगद ६५ हजार, द्धितीय हुनेलाई नगद ४० हजार, तृतीय हुनेलाई नगद २५ हजार र सान्त्वना हुने लाई नगद १० हजार प्रदान गरिने छ। यसै बिच स्थानिय धावकहरु प्रोत्साहन गर्न म्यूटावरमा नै पुगी म्याराथन सम्पन्न गरेमा प्रथम हुनेलाई ५, दोस्रो हुनेलाई ४, र तेस्रो हुनेलाई ३ हजार नगद प्रदान गरिने पालिकाले जनाएको छ ।

























