ऋषिङ्ग अल्ट्रा म्याराथनमा श्रेष्ठ प्रथम
तनहुँको ऋषिङ्ग गाउँपालीकाले आयोजना गरेको ‘चौथो ऋषिङ्ग अल्ट्रा म्यारथन २०८१ माआर्मीका हुम लाल श्रेष्ठ प्रथम भएका छन् । यस्तै प्रतियोगितामा द्वितीय आर्मीका राजन येयोङबा तृतीय आर्मीकै जुनेश खड्का भएका छन् ।

पालिकाको विकास सँगै खेलकुदको माध्यमबाट पालिकालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पनि प्रचारप्रसार गर्ने उद्देश्यले आयाेजना गरिएको प्रतियोगितामा ४२.२ किलो मिटर दुरी रहेकाे थियो ।

अल्ट्रा म्यारथन प्रतियोगिता ऋषिङ गाउँपालिकाको प्रवेश द्वार वडा नं ८ को धारुङ देखि सुरु भई वडा नं ३ को दुबुङ भ्युटावरमा पुगेर विशेष समारोहका बिच कार्यक्रम सम्पन्न हुँदैछ । प्रतियोगितामा प्रथम लाई नगद ६५ हजार, द्धितीय हुनेलाई नगद ४० हजार, तृतीय हुनेलाई नगद २५ हजार र सान्त्वना हुने लाई नगद १० हजार प्रदान गरिने छ। यसै बिच स्थानिय धावकहरु प्रोत्साहन गर्न म्यूटावरमा नै पुगी म्याराथन सम्पन्न गरेमा प्रथम हुनेलाई ५, दोस्रो हुनेलाई ४, र तेस्रो हुनेलाई ३ हजार नगद प्रदान गरिने पालिकाले जनाएको छ ।
फाेटाे बिवेक
























