व्यास न. पा. रास्ट्रपति रनिङ शिल्डकाे उपाधि सत्यवतीलाइ

व्यास न. पा. रास्ट्रपति रनिङ शिल्डकाे उपाधि सत्यवतीलाइ

व्यास नगरपालिकाकाे आयाेजनामा भएको माध्यमिक बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्डकाे उपाधि सत्यवती मा वि दमाैलीले जितेको छ ।

व्यास १ भादगाउँ स्थित निर्मल माध्यमिक बिद्यालय प्राङ्गणमा भएको प्रतियोगितामा सत्यवतीले स्वर्ण पदक १५ ,रजत पदक ६ र कास्य पदक ७ गरि २८ पदक सहित प्रथम भएको छ । यश सँगै सत्यवती मावि लगातार ३ पटक प्रथम भइ राष्ट्रपति रनिङ शिल्ड आफ्नो बनाउन सफल भएको छ ।

त्यस्तै निर्मल माविले ६ स्वर्ण ५ रजत र ३ कास्यपदक गरि कुल १४ पदक प्राप्त गरि द्धितीय भएको छ । यस्तै व्यास ६ शिशाघाट स्थित महेन्द्र ज्याेति माध्यमिक बिद्यालयले ३ स्वर्ण , ७ रजत र २ कास्यपदक गरि कुल १२ पदक प्राप्त गरि तृतीय भएको छ । कार्यक्रममा बिजेताहरूलाइ प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पुरस्कार वितरण गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा व्यास नगर प्रमुख बैकुण्ठ न्याैपाने , वडा अध्यक्षहरू रमेशचन्द्र हड्खले , जीवन गुरूङ , सत्यवती माविका प्रअ पुष्पकला भट्टराई , निर्मल माविका प्रअ गणेश चन्द्र बस्नेत , बिरबहादुर बस्नेत लगायतले बाेलेका थिए । प्रतियोगितामा २३ वटा बिद्यालयले भाग लिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page