भूपू सैनिकले सामाजिक सेवार्थ अक्षयकोष खडा गर्ने

भूपू सैनिकले सामाजिक सेवार्थ अक्षयकोष खडा गर्ने

नेपाल भूतपूर्व सैनिक क्लव तनहुँ दमाैलीले सामाजिक सेवार्थ अक्षयकोष खडा गर्ने भएको छ । भूपू हरूबिचकाे सहकार्य र एकता प्रगाढ गर्ने उद्धेश्यका साथ क्लबकाे आइतबार सम्पन्न रमाइलो वनभाेज कार्यक्रममा अक्षयकोष खडा गर्नकाे लागि रकम सहयोग सुरु गरिएको छ ।

ग्रिनविच गाेर्खा एक्स सर्भिसमेन एसाेसिएसन ( जिगेसा ) लण्डनका अध्यक्ष हरिकुमार मल्लले ५० हजार दिएर यसको सुरुवात गरिएको क्लवका सचिव क्याप्टेन साेमबहादुर थापाले बताए । मल्ल सहित अन्य धेरै जनाको रकम सहयोग संकलन भइरहेको र छिट्टै अन्य सहयोग बारेमा समेत सार्वजनिक जानकारी गराउने भन्दै उनले उक्त संकलीत रकमबाट खाेलीने अक्षयकोषकाे व्याजवाट आएकाे पैसाले विपन्न क्षेत्रमा सहयोग गरिने जानकारी दिए ।

क्लवका अध्यक्ष क्या सहबिर उच्चैकाे अध्यक्षतामा भएको उक्त रमाइलो बनभाेज कार्यक्रममा प्रमुख अतिथि क्लवका पुर्व अध्यक्ष एवम् सल्लाहकार क्याप्टेन सन्तलाल श्रेष्ठ रहेका थिए । प्रमुख अतिथि श्रेष्ठले भूपूहरूकाे पहिचान नैं इमानदारीता र सेवाभाव रहेको बताए ।

कार्यक्रममा क्लवकाे तर्फवाट भारतीय सैनिकका सेवारत अफिसर क्याप्टेन चिखलकर र ल्याप्टिनेन्ट उत्कलप्रताप सिंह , एसबीआई बैकका दिवाकर भट्ट , क्लवका पुर्व अध्यक्ष लेप्टेन देवबहादुर गुरूङ , क्या सुर्जकुमार मल्ल , असुमे मदराज मल्ल ,निवर्तमान अध्यक्ष क्याप्टेन तारालाल मल्ल लगायतले शुभकामना व्यक्त गरेका थिए । उक्त अवसरमा सहभागी भूपू हरू साँस्कृतिक कार्यक्रममा भाग लिइ रमाइलो गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page