महेन्द्र मावि गुणादीले माघ ९ गते स्वर्ण जयन्ती मनाउँदै

महेन्द्र मावि गुणादीले माघ ९ गते स्वर्ण जयन्ती मनाउँदै
Oplus_0

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ गुणादीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाउने भएको छ । विद्यालयले माघ ९ गते भब्यताका साथ स्वर्णजयन्ती मनाउने जनाएको छ ।

प्रविधि सिपयुक्त र गुणस्तरिय शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ स्वर्ण जयन्ती मनाइने तयारी तिव्र रूपमा अगाडि बढाइएको विद्यालयका प्रअ साेमबहादुर थापाले बताए ।

स्वर्ण जयन्तीको अवसरमा विद्यालय परिसरमा आकर्षक स्मारक निर्माण गरि अनावरण गर्ने , स्वर्ण स्मारिका प्रकाशन गर्ने, हाजिरी जवाफ प्रतियोगिता , स्वास्थ्य सिवीर , विभिन्न सांस्कृतिक कार्यक्रम , वक्तित्वकला , पुरस्कार वितरण लगायत गर्ने स्वर्ण जयन्तीको उदेश्य रहेको विद्यालयका प्रधानध्यापक थापाले जानकारी दिए । स्वर्ण जयन्ती भव्यताका साथ सम्पन्न गर्नका लागि सल्लाहकार समिति गठन गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page