भानुमा भएको बाेका प्रदर्शनीमा पाेखरेल र गुरूङकाे बाेका प्रथम

तनहुँकाे भानुमा आज बाेका प्रदर्शनी कार्यक्रम भएको छ । उक्त प्रदर्शनीमा स्थानीय तर्फ भानु ५ का चोपकान्त पोखरेल तथा उन्नत तर्फ भानु ९ का मान सिं गुरूङकाे बाेका प्रथम भएका छन् । यस्तै स्थानीय तर्फ भानु ६ का बिमला अधिकारी र उन्नत तर्फ भानु ६ का काजि थापाकाे वाेका दाेस्राे भएका छन् । यस्तै स्थानीय तर्फ भानु ५ का रोमन बावु अधिकारी र उन्नत तर्फ भानु १ का राम बहादुर गुरूङकाे वाेका तृतीय भएका छन् भने स्थानीय तर्फ भानु ५ का काजिराम अधिकारी र उन्नत तर्फ भानु ४ का तिल कुमारी अधिकारीकाे वाेका सान्त्वना भएका छन् ।

भानु नगरपालिका पशुपन्छी शाखा, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दिपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दमौली, बरभन्ज्याङ बाख्रा पालन समुह र नेपाल ब्यबसायीक बाख्रापालक महासंघको संयुक्त आयोजनामा राष्ट्रिय बाख्रा दिवसकाे अवसरमा उक्त कार्यक्रम भएको थियो । पोसिलो आहार, बाख्रापालनमा गुणात्मक सुधार” भन्ने मुल नाराका साथ राष्ट्रिय बाख्रा दिवसको अवसरमा भानु नगरपालिका वडा नं.५ स्याउली पसल मा स्थानीय तथा उन्नत बोका प्रदर्शनी कार्यक्रम सम्पन्न भएकाे हाे ।

भानु नगर प्रमुख त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा भानु नगर उप प्रमुख उमा गोतामे ,प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी,कृषि शाखा ,वडाध्यक्षहरू ,संघ संस्था र कृषकको समुपस्थिति रहेको थियो । भानु नगरपालिका भित्रका विभिन्न वडाका कृषक समूहले बाख्रा प्रदर्शनीमा भाग लिएका थिए ।
























