महाेत्सवमा सुरक्षा गरेको भन्दै तनहुँ प्रहरीलाई ७० किलोकाे खसी उपहार

महाेत्सवमा सुरक्षा गरेको भन्दै तनहुँ प्रहरीलाई ७० किलोकाे खसी उपहार
Oplus_0

प्रहरीको काम समाजमा शान्तिसुरक्षा अमनचयन कायम गर्ने हाे । त्यही शान्तिसुरक्षा कायम गर्न प्रहरी चाैबिसै घण्टा ड्युटीमा बसेकाे हुन्छ ।
तर ड्युटी बसेकाे , मेला महाेत्सवमा शान्तिसुरक्षा कायम गरेको भन्दै तनहुँ प्रहरीले भने महाेत्सव आयाेजक सँग खसी मागेर लगेको छ । नवाै तनहुँ महाेत्सवमा शान्तिसुरक्षा कायम गरेको भन्दै त्यसको सट्टामा खसी मागेपछि महाेत्सव आयाेजकले प्रहरीलाई ७० किलो खसी किनेर दिएको छ । त्यसमा ४० किलोकाे खसी जनपद प्रहरीलाई र ३० किलोकाे खसी सशस्त्र प्रहरीलाई दिएको श्राेतले बताएको छ ।


जनपद प्रहरीले आज सुक्रवारनैँ खसी ढालेर मेसमा भाेज गरेको एक प्रहरी अधिकारीले बताए । हाम्रो मेसमै पाकेको हाे , सबैले खाएकाे हाे ती प्रहरीले बताए ।
यता यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् सुचना अधिकारी डिएसपी अशोक थापा सँग सम्पर्क गर्दा थाहा नभएको बताए ।

फाइल फाेटाे

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page