एचपीभी खाेप अभियान म्याग्दे गाउँपालिकामा माघ २७ गतेदेखि ३० गतेसम्म
तनहुँमा यही माघ २२ गतेबाट सुरु हुने एचपीभी खाेप अभियान अन्तर्गत म्याग्देमा २७ गतेदेखि ३० गतेसम्म हुने भएको छ । म्याग्दे गाउँपालिका खाेप समन्वय समितिका पदाधिकारी र पत्रकार एवम् सञ्चारकर्मीहरूकाे लागि आयाेजित अभिमुखिकरण कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले उक्त जानकारी दिएका हुन् । उनका अनुसार अभियान अन्तर्गत म्याग्देकाे महेन्द्र मावि , राधा मावि , मीन मावि , रत्न मावि , जनगणपती माविमा माघ २७ गते खाेप कार्यक्रम सञ्चालन हुनेछ । यस्तै बिजय आ बि , मेघदह बाेडिङ्ग स्कुल , अकला आ बि , पसले आ बि र गणेश माविमा माघ २८ गते , न्यु भिजन बाेडिङ , र प्रभा आ बि मा माघ २९ गते तथा आदर्श बाेडिङमा माघ ३० गते अभियान सञ्चालन हुनेछ ।

उक्त अवसरमा स्वास्थ्य कार्यालय तनहुँका प्रशासन अधिकृत पुष्प खनालले तनहुँका करिब १४ हजार २ सय ७८ जनालाई खोप लगाउने तयारी रहेको जानकारी दिए ।

दुई चरण गरेर २ सय ५९ खोप केन्द्रमा अभियान सञ्चालन हुने खनालले जानकारी दिए । माघ २२ देखि २५ सम्म र २७ देखि ३० सम्म दोश्रो चरणमा खोप कार्यक्रम हुने बताइएको छ । पहिलो चरणमा भानु,व्यास,देवघाट,बन्दिपुर आँबुखैरेनीमा पहिलो चरणमा र बाँकी पालिकामा दोश्रो चरणमा हुने छ ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी ले खोप अभियानको महत्वबारे धारणा राखेका थिए ।
कार्यक्रममा एचपीभी खोपको परिचय, यसको महत्व, र पाठेघरको मुखको क्यान्सर निवारणमा यसले पु¥याउने योगदानबारे जनस्वास्थ्य निरीक्षक सक्षम घिमिरेले जानकारी गराएकी थिइन् । पाठेघरको मुखको क्यान्सरको निवारण गर्न विश्वव्यापी रणनीतिलाई अंगाल्दै राष्ट्रिय खोप सल्लाहकार समितिले एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गर्न सिफारिस गरेको थियो। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ । यो खोपले क्यान्सर रोकथाममा महत्तवपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।
अभियानले तनहुँका किशोरी तथा युवतीहरूलाई लाभान्वित गर्ने अपेक्षा गरिएको छ । साधारणतया एच.पि.भि खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने वा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने,रिगंटा लाग्ने, ज्वरो आउने, एलर्जी रियाक्शन हुने भएपनि यी असरहरु सामान्य मात्रै भएको बताइएको छ । यो खोप १० देखि १४ वर्ष सम्मका सबै किशोरीलाई खोप लगाउने बताइएको छ ।
























