आँबुखैरेनी गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि मित्रता माविलाइ

आँबुखैरेनी गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि मित्रता माविलाइ

आँबुखैरेनी गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि मित्रता माध्यमिक विद्यालयले हात पारेको छ । मित्रता माविले १२ स्वर्ण १२ रजत र २ कास्य पदक सहित राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि हात पारेको हाे ।
शनिबार भएको फाइनल खेलमा रामशाह माविले ११ स्वर्ण ११ रजत र ४ कास्य सहित दोस्रो भयो भने ३ स्वर्ण १ रजत र ११ कास्य सहित फ्युचर स्टार बाेडिङ्ग स्कुल तेस्रो भयाे । विजेता विद्यालय र विद्यार्थीले मेडल, प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेका छन् ।
आँबुखैरेनी गाउँपालिका भित्रका सामुदायिक एवं संस्थागत गरी १० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा एथलेटिक्स, भलिबल लगाएतका खेल सम्पन्न गरिएको आँबुखैरेनी शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिइन् ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालले स्वास्थ्य र प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल मार्फत देश चिनाउने अभियानको शुरुवात विद्यालय स्तरको खेलबाट हुने बताइन् ।

खेलको माध्यमबाट अन्तरनिहित प्रतिभा प्रस्फूटन गर्न सकिने हुँदा गाउँपालिकाले अतिरिक्त क्रियाकलापलाई समेत जोड दिँदै आएको उनकाे भनाई थियो । खेलको विकासका लागि गाउँपालिकाले योजनावद्ध तरिकाले काम गरिरहेको उपाध्यक्ष अर्यालले बताइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page