म्याग्दे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकाे उपाधि मीन मावि लाइ

म्याग्दे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकाे उपाधि मीन मावि लाइ

म्याग्दे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकाे उपाधि मीन मावि थर्पुले जितेको छ ।

राधा माध्यमिक विद्यालयको खेलमैदान म्याग्दे-२ दमसेरामा आइतबार सम्पन्न प्रतियोगितामा मीन माविले ५ रजत , ३ कास्य सहित १७ स्वर्ण जितेर प्रथम भएको हाे । यस्तै प्रतियोगितामा ९ रजत र ९ कास्य सहित ५ स्वर्ण जित्दै राधा मावि जामुने द्धितीय भएको छ । यस्तै जनगणपती माविले ९ कास्य , ५ रजत सहित ३ स्वर्ण जितेर तृतीय भएको म्याग्दे गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक महेश भट्टराईले बताए ।

प्रतियोगितामा महेन्द्र माविले ३ कास्य , ४ रजत सहित १ स्वर्ण , गणेश माविले ३ कास्य , २ रजत सहित १ स्वर्ण , रत्न माविले ३ स्वर्ण , मेघदह बाेडिङले २ कास्य १ रजत र आदर्श बाेडिङले १ रजत सहित १ स्वर्ण जितेको भट्टराईले जानकारी दिए ।

उक्त प्रतियोगितामा छात्र/छात्रा भलिवल, छात्र/छात्रा दौड, उफ्रने र फ्याक्ने, छात्र/छात्रा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो तथा सटफुट र मार्सल आर्ट तर्फ छात्र र छात्राहरुको विचमा सितेरियो कराँते लगायतका प्रतियोगिता भएको शिक्षा शाखा प्रमुख विष्णु केसीले बताए । प्रतियोगितामा बिजेता टिमलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । उक्त अवसरमा वडा अध्यक्षहरू क्रमशः मणिभद्र वाग्ले , दिपक श्रेष्ठ , हिरालाल गुरूङ लगायतको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page