जन्मदिनको अवसरमा अधिकारीले गरे जेष्ठ नागरिक आश्रमलाइ खाद्यान्न सहयोग

जन्मदिनको अवसरमा अधिकारीले गरे जेष्ठ नागरिक आश्रमलाइ खाद्यान्न सहयोग


जन्मदिनको अवसरमा तनहुँका एक सामाजिक व्यक्तित्व एवम् सफल युवा व्यवसायी सुजन अधिकारीले जेष्ठ नागरिक आश्रमलाइ खाद्यान्न सहयोग गरेका छन् । म्याग्दे १ गुणादी निवासी अधिकारीले व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई चामल , दाल , तरकारी , बिस्कुट लगायतका खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।

जन्मदिनमा हुने फजुल खर्च कटाएर आश्रमलाई सहयोग गरेको अधिकारीले बताए ।
यता सहयोग सामाग्री बुझ्दै आश्रम सञ्चालिका बेलु श्रेष्ठले सहयोगी मनका धनी अधिकारीलाई धन्यवाद दिएकी छन् । युवा व्यवसायी अधिकारीले यश अगाडि पनि विभिन्न ठाउँमा विभिन्न सहयोग गर्दै आएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page