लागु औषध सहित आँवुखैरेनीबाट प्रविन पक्राउ

लागु औषध सहित आँवुखैरेनीबाट प्रविन पक्राउ

तनहुँकाे इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदी नेतृत्वको टाेलिले फेरि अर्को सफलता हात पारेको छ । इलाका प्रहरी प्रमुख सुवेदीकाे नेतृत्वले पटकपटक लागू औषध काराेवारी पक्रेर कानुनी दायरामा ल्याउँदै आएकाे सन्दर्भमा पुन एक युवालाई लागू औषध सहित पक्राउ गरेका छन् ।

आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलिले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बेसीशहर ८ बस्ने बर्ष २४ को प्रविन चौधरीले साथमा लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-८९ एम्पुल, Phenergan-८९ एम्पुल, Buprenorphine-८९ एम्पुल गरी जम्मा २६७ एम्पुल नियन्त्रित लागु औषध सहित पक्राउ गरीएकाे प्रहरीले जनाएको छ ।

यस्तै कार्यालय प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको कमाण्डमा खटीएको टोलीले आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित पानीघट्टामा स्थानीय जनप्रतिनिधि, स्थानीय सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरुसँग समन्वय गरी स्थानीय बासिन्दाहरुको सहभागितामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “वन डढेलो नियन्त्रण” सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page