म्याग्देमा माघ १७ गते रास्वपाका हरी ढकाल , रमेश प्रसाईं लगायतका नेता आउने

म्याग्देमा माघ १७ गते रास्वपाका हरी ढकाल , रमेश प्रसाईं लगायतका नेता आउने

राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे गाउँपालिकाको प्रथम पालिका सम्मेलन आयोजना हुने भएको छ। म्याग्दे ४ को रत्न गुठी भवनमा माघ १७ गते बिहीबार सम्मेलन हुन लागेको हो । सम्मेलनलाई पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य हरी ढकाल, प्रतिनिधि सभा सदस्य शिव नेपाली, पार्टीका केन्द्रीय सह कोषाध्यक्ष रमेश प्रसाई र गण्डकी प्रदेश सभापति राजन गौतमले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनमा नयाँ नेतृत्व चयन गर्दै ११ सदस्यीय कार्यसमिति गठन गरिने राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे गाउँपालिकाका संयोजक मनोज अधिकारीले बताए ।

ऐतिहासिक सम्मेलनले पार्टी संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको संयोजक अधिकारीले बताए । पालिका सम्मेलनमा शिर्ष नेता तथा प्रखर वक्ताहरू आउने भए पछि सर्वसाधारणहरू ठुलो संख्यामा उपस्थित हुने अपेक्षा गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page