गृहजिल्ला आएका राष्ट्रपति पाैडेल घुमाउने पुलकाे बारेमा नबाेली फर्किए !

गृहजिल्ला आएका राष्ट्रपति पाैडेल घुमाउने पुलकाे बारेमा नबाेली फर्किए !

यतिबेला घुमाउनेघाटकाे पुलकाे बारेमा निकै चर्चा छ । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने घुमाउनेघाटको पुलकाे सम्बन्धमा चर्चा मात्रै हाेइन एक दशकदेखि अलपत्र परेपछि स्थानीय आन्दाेलित र आक्राेसीत छन् ।

तत्कालै पुल बनाउन माग गर्दै स्थानीयले सडकमा दबाबमूलक नारा जुलुस सँगै प्रशासन कार्यालय , पुर्वाधार कार्यालय र सडक डिभिजन कार्यालयमा धर्ना एवम् ध्यानाकर्षण समेत गराएका छन् । आन्दाेलनमा सहभागीहरूले अब पनि काम तत्कालै अगाडि नबढे सम्बन्धित कार्यालयमा आएर चाबी लगाउने चेतावनी मात्रै दिएका छैनन् मिसन ०८४ भन्नेहरूलाइ त्यस भेगमा पुल नबनेसम्म पस्न नदिने र चुनाव समेत बहिस्कार गर्ने बताएका छन् ।
यही समयमा यही क्षेत्रबाट पटकपटक जित्दै राष्ट्रपति बनेका रामचन्द्र पाैडेल गृहजिल्ला तनहुँ आएर फर्किएका छन् । राष्ट्रपति पाैडेल स्वयंले शिलान्यास गरेको पुल भएकोले स्थानीयकाे आन्दाेलनले पक्कै पनि राष्ट्रपति कार्यालयकाे ध्यानाकर्षण भएको ठानेका आन्दाेलनकारीले राष्ट्रपति पाैडेल गृह जिल्लामै आएर त्यस सम्बन्धमा एक शब्द नवाेलेपछी दङ्ग मात्रै छैनन् निराश समेत छन् । राष्ट्रपति पौडेलले राष्ट्रको शक्तिको रुपमा रहेको श्रमशक्ति नै रित्तिएर आउन सक्ने राष्ट्रिय संकटबाट जोगाउनका लागि गाउँमै आम्दानी र रोजगारीेको व्यवस्था पहिलो आवश्यकता भएको बताएर गएका थिए ।

संघर्ष समितिका सहसचिव हर्कबहादुर थापाले घुमाउनेकाे पुल चुनावकाे मागि खाने भाँडो भएको भन्दै यस क्षेत्रबाट जितेर गएर २६ वर्ष शासन सत्तामा हुँदै हाल राष्ट्रपति रहेका रामचन्द्र पाैडेल गृह जिल्लामा आउँदा समेत एक शब्द नबाेली फर्किँदा आश्चर्यचकित रहेको बताए । राष्ट्रपति पाैडेलले अब बिकास गर्लान् भन्ने नलागेको समेत थापाको भनाइ छ ।

यता संघर्ष समिति तनहुँले भुतखोलामा पुल कहिले बन्ने ,सुडेखोला पुल कहिले बन्ने हो , ढाँड खोला पुल कहिले बन्छ, जनता माथि अन्याय गर्न पाइदैन ,यस भुगोलका माननीयहरु खबरदार लगाएतका प्ले कार्ड सहित विरोध गरेका थिए । उनिहरूले यसै हप्ता थप अर्को चरणको संघर्षको कार्यक्रम गर्ने र त्यसवाट पनि नभए सितल निवास र सिंहदरबारको ढाेका ढकढक्याउने बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page