जिल्ला प्रहरी परिसर काठमाडौंकाे प्रवक्तामा एसपी अपिल बाेहरा

जिल्ला प्रहरी परिसर काठमाडौंकाे प्रवक्तामा एसपी अपिल बाेहरा

जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्तामा प्रहरी उपरीक्षक अपिल राज बोहराले जिम्मेवारी पाएका छन् । काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले एसपी बोहरालाई सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

जिल्ला प्रहरी परिसरद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ र तथ्यगत सम्प्रेषण गर्न बोहरालाई प्रवक्ता तोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । केही समय अगाडि तनहुँ बाट सरूवा हुँदै सुर्खेत पुगेका एसपी बाेहरा काठमाडौ सरूवा भए सँगै उक्त जिम्मेवारी पाएका हुन् । प्रहरी संगठन भित्र उनी अब्बल प्रहरी अफिसरमा पर्दछन् ।

एसपी बोहरालाई मोबाइल नम्बर ९८५१२२६९८३ वा इमेल ठेगाना [email protected]मा सम्पर्क गर्न सकिन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page