सिद्धार्थ हस्पिटालिटीको स्थापना भएको २७ वर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रम हुँदै

सिद्धार्थ हस्पिटालिटी स्थापना भएको २७ वर्ष पुग्न लागेको छ । यही माघ २३ गते २७ औं वर्षमा प्रवेश गर्न लागेको छ ।
सो अवसरमा सिद्धार्थ बिजेसन ग्रुप अफ हस्पिटालिटीको व्यवस्थापनमा तनहुँको दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौलीले शनिबार देखि विभिन्न कार्यक्रम गर्ने भएको छ । होटलका म्यानेजर अभिषेक अर्यालका अनुसार माघ १९ गते बिहान ८ बजे १२ बजेसम्म होटल परिसरमा नेपाल रेडक्रस सोसाईटी तनहुँको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुने भएको छ । यस्तै व्यास नगरपालिका–१० बैरेनी स्थित उज्यालो घरमा आश्रित बालबालिकालाई खाना खुवाउने तथा क्यूएफएस सिनेमा हलमा चलचित्र देखाउने कार्यक्रम तय भएको छ ।
माघ २० गते दमौली स्थित व्यास–पराशर क्षेत्रको सरसफाई गरिने छ ।

माघ २१ ग्ते महिलाद्धारा सञ्चालित वेदव्यास जेष्ठ नागरिक आश्रममा आश्रित आमा तथा बुबाहरुलाई मिष्ठान भोजन गराईने छ । २७ औं वर्ष प्रवेशको उपलक्ष्यमा होटलका विभिन्न सुविधाहरुमा २७ प्रतिशत छुटको व्यवस्था गरिएको छ । सिद्धार्थ हस्पिटालिटीअन्तर्गत पाँचतारेमा सिद्धार्थ भिलासा, चारतारेमा सिद्धार्थ वैभव र तीनतारेमा सिद्धार्थ बाटिका ब्राण्डका होटल सञ्चालनमा छन् । जसमध्ये दमौलीको होटल सिद्धार्थ बाटिका अन्तर्गतको ब्राण्डमा पर्दछ । होटल र दुई वटा फिल्म हल रहेको यो परियोजनामा करिब एक अर्ब रुपैयाँ लगानी भएको ऐपेक्स हस्पिटालिटीका कार्यकारी प्रमुख सुशील न्यौपानेले बताउनुभयो । होटलको निर्माण एपेक्स हस्टिपालिटीले र व्यवस्थापन सिद्धार्थ ग्रुपले गरेको हो ।

























