एमाले तनहुँले तीन महिने जरा केन्द्रित अभियान सञ्चालन गर्ने
नेकपा ( एमाले ) तनहुँ जिल्ला कमिटीको तेस्रो पुर्ण बैठक पार्टी कार्यालय दमौलीमा सम्पन्न भएको छ । बैठकले ३ महिने जरा केन्द्रित अभियान सञ्चालन गर्ने ( वडा टाेल तहसम्म संगठन विस्तार गर्ने ) निर्णय गरेको छ । अभियान अन्तर्गत पार्टीको सदस्यता नविकरण , विस्तार , जनसंगठन निर्माण , जनगुनासाे सुनेर समाधान गर्ने लगायतको रहेको जिल्ला अध्यक्ष हरिराज कंडेलले बताए ।

बैठकमा प्रमुख अतिथि गण्डकी प्रदेश कमिटी इन्चार्ज किरण गुरूङ , जिल्ला इन्चार्ज केदार सिग्देल , प्रदेश कमिटी सचिव धनञ्जय दवाडी लगायतका नेताहरूले मार्गनिर्देशन दिएका थिए ।
जिल्ला अध्यक्ष हरीराज कंडेलकाे अध्यक्षतामा भएको बैठकमा स्वागत उपाध्यक्ष राजेश्वर ढकालले तथा सञ्चालन पार्टीका सचिव प्रदिप अधिकारीले गरेका थिए ।

























