भानुमा भएको निशुल्क स्वास्थ्य शिबिरमा आठ सयले सेवा लिए !

भानुमा भएको निशुल्क स्वास्थ्य शिबिरमा आठ सयले सेवा लिए !

तनहुँको भानुमा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिबिरमा आठ सय जनाले सेवा लिएका छन् । तनहुँ बालाजु सम्पर्क समाजको आयोजना तथा भानु नगर पालिकाको समन्वयमा बिहीबार र सुक्रबार पालिकाका विभिन्न ठाउँबाट ठूलो संख्यामा मानिसहरू स्वास्थ्य सेवा लिन आएका भानु नगरपालिकाका जनस्वस्थ्य निरीक्षक सुभाष रेग्मीले जानकारी दिए ।

भानु २ स्थित भानु सामुदायिक स्वस्थ्य केन्द्र नारेश्वरटारमा दुई दिने “बृहत निःशुल्क स्वस्थ्य शिविर“ संचालन भएको तनहुँ बालाजु सम्पर्क समाजका संस्थापक शिव प्रसाद लम्सालले बताए ।

शिविरमा नवजात शिशु तथा बाल रोग बिशेषज्ञ डाक्टर शिवजंग कुँवर, स्त्री तथा प्रशुती रोग बिशेषज्ञ डाक्टर दिनेश शर्मा, हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर श्यामकृष्ण लौडारी, जनरल फिजिसियन डाक्टर रोमन बोगटी,  दन्त रोग बिशेषज्ञ डाक्टर सन्तोष कार्की , आँखा रोग बिशेषज्ञ डाक्टर सुरज क्षेत्री,  सेवा उपलब्ध हुने र मृगौला तथा मुत्ररोग विशेषज्ञ डाक्टर संजिब आचार्य, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर खमबीर श्रेष्ठ  लगाएतको टिमले सेवा उपलब्ध गराएकोे तनहुँ बालाजु सम्पर्क समाजका सचिब तेजबहादुर गोदारले जानकारी दिए । 
 
   बिहीबार शुरु भएको शिबिरमा प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री जितप्रकाश आलेले  बिरामीहरुले स्थानीय स्तरमै सेवा पाउन सकुन भन्ने उदेश्यले तनहुँ बालाजु सम्पर्क समाज र भानु नगरपालिकाकाले गरेको कार्य प्रति खुसी ब्यक्त गरेका थिए । कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख अनन्दराज त्रिपाठीले भानु नगरपालिकाका नागरिकलाई गाउँघर मै सेवा पु¥याउने  उदेश्यले निशुल्क औषधी सहितको स्वास्थ्य शिविरको आयोजना गरिएको बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page