घाँसीकुवा नजिक ग्यास बाेकेकाे बुलेट ट्रक दुर्घटनामा मानिस भित्रै च्यापिए !
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं १२ घाँसीकुवा कल्चरभिलेज नजिक शनिबार साँझ ग्यास बोकेको बुलेट ट्रक दुर्घटना भएको छ ।

दुर्घटना भएको बुलेट ट्रकभित्र रहेका मानिस च्यापिएको र निकाल्ने प्रयास भइरहेको बताइएको छ । च्यापिएका मानिसको अवस्था गम्भीर रहेको र क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको जनाइएको छ ।

























