घाँसीकुवा नजिकै भएको सवारी दुर्घटनामा ३६ वर्षीय श्रीकान्तकाे मृत्यु

घाँसीकुवा नजिकै भएको सवारी दुर्घटनामा ३६ वर्षीय श्रीकान्तकाे मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं १२ घाँसीकुवा कल्चरभिलेज नजिक शनिबार साँझ ग्यास बोकेको बुलेट ट्रक दुर्घटनामा एकजनाकाे मृत्यु भएको छ ।

दुर्घटना भएको बुलेट ट्रकभित्र च्यापिएका चालक ३६ वर्षीय श्रीकान्त कुमारकाे मृत्युु भएको हाे । गाडी भित्र च्यापिएका चालकलाई क्रेनको सहायताले निकालिएकाे थियो । भारत बिहार घर भएका उनको शव अहिले दमाैली अस्पतालमा राखिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page