व्यासकाे ल्यान्डफिल साइट जग्गा खरिद बिवाद – अख्तियार देखि मन्त्रालय सम्म उजुरी

व्यासकाे ल्यान्डफिल साइट जग्गा खरिद बिवाद – अख्तियार देखि मन्त्रालय सम्म उजुरी


ब्यास नगरपालिकाले वडा नं १३ मा खरिद गर्न लागेको जग्गाको बिवाद अख्तियार देखि मन्त्रालय सम्म पुगेको छ । त्यही विवाद र उजुरीका कारण जग्गा खरिद प्रक्रिया अन्याेलमा परेको मात्रै छैन , जनप्रतिनिधि र कर्मचारी बिच केही समय अगाडि भएको नगर सभामा आराेपप्रत्याराेप नैँ चलेको छ ।

खासगरी नगरपालिकाले फाेहाेर व्यवस्थापनकाे लागि वडा नं १३ स्थित कटन टाेलकाे बिचमा पर्ने युगिन कृषि फार्म प्रालिको नाउमा रहेको जग्गामा फाेहाेर व्यवस्थापन गर्ने भनी जग्गा खरिदका लागि प्रक्रिया अगाडि बढाएको थियो । जसका लागि ०८१ मंसिर २४ गते व्यास १३ का वडाध्यक्ष बसन्त बहादुर आले तथा अन्य जनप्रतिनिधि सहितको राेहबरमा आम भेला गरि सर्जमिन गराइ वडा कार्यालय मार्फत सम्बन्धित निकायलाई बुझाएको जनाइएको थियो । उक्त सर्जमिनमा व्यास नगरपालिकाले प्रस्ताव गरेको युगिन कृषि फार्मकाे स्वामित्वको जग्गामा आधुनिक सरसफाइ व्यवस्थापन केन्द्र आयाेजनाकाे लागि सँधियारहरू सँग साेधपुछ हुँदा सरसफाइ व्यवस्थापन केन्द्र आधुनिक विधि प्रविधिहरूकाे प्रयाेग गरेर अवलोकन गर्न याेग्य , नमुना र सफल आयाेजनाकाे रूपमा सञ्चालन गर्नुपर्ने , आयाेजना स्थलकाे कालिमाटी – कुकुरढुंगे माेटरमार्गलाइ कालाेपत्रे गर्नुपर्ने , उक्त क्षेत्रकाे बिकास निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने , शुन्दर , रमणीय र हरियाली पार्क निर्माण गरी उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा बिकास गर्नुपर्ने , वातावरणीय परिक्षण प्रतिवेदनका सुझावहरू पालना गर्दै वातावरणमा नकारात्मक प्रभाव पार्न नहुने गरी प्रस्तावित , आधुनिक , व्यवस्थित र नमुना सरसफाइ व्यवस्थापन केन्द्र निर्माण आयाेजना गर्न सहमति दिने भनिएको थियो ।

तर त्यसको केही दिनमै उक्त स्थानका मानिसहरू जम्मा भेला भइ उक्त कार्य प्रति असहमति जनाउँदै अख्तियार सँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुस २८ गते उजुरी हालेपछि याे बिषय अन्याेलमा परेको हाे । स्थानीयले मन्त्रालयमा पत्र दर्ता गराउँदै उक्त ठाउँमा सुरुमा नगरपालिकाले नकुहिने फाेहाेर मात्रै पठाउने भनेकोमा पछि झुक्याएर कुहिने पनि शब्द थपेको भन्दै वास्तविक सँधियार र टाेलबासीलाइ थाहा नदिइ झुक्याएर सही गरेर लगेको बताएका छन् । उनिहरूले प्रभावित क्षेत्र भन्दा बाहिरका मानिससँग सर्जमिन गराएको , मानिसका घर घरमा गई बाटो पिच गराउन उपभोक्ता समिति गठन हाे भनी झुक्याएर लगेको , साध नजाेडिएका व्यक्तिहरूलाइ सहि गराएको लगायतका नक्कली काम र मुचुल्का गरि लगेको हुँदा उजुरी हाल्न परेको बताएका छन् ।
यस्ताे अवस्थामा फाेहाेर व्यवस्थापन कार्य अगाडि बढाएमा कडा कदम चालिने र त्यहाँ फाेहाेर लान नदिइने समेत उनिहरूले बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page