घिरीङ गाउँपालिका अध्यक्षले भान्जा पछि छाेरालाइ राखे स्वकीय , प्रमुख प्रशासकिय ढकाल भन्छन् – मलाई थाहा छैन

घिरीङ गाउँपालिका अध्यक्षले भान्जा पछि छाेरालाइ राखे स्वकीय , प्रमुख प्रशासकिय ढकाल भन्छन् – मलाई थाहा छैन

घिरीङ गाउँपालिकाका अध्यक्ष हाेमबहादुर थापाले आफ्नैँ छाेरा लाई स्वकीय सचिव बनाएका छन् । नेकपा एमालेबाट निर्वाचित थापाले यस अगाडि स्वकीय राखेका सहाेदर भान्जा बिदेश गएपछि छाेरालाइ नियुक्ति गरेका हुन् । कहिले भान्जालाइ कहिले छाेरालाई सेवा सुविधाको पदमा नियुक्त गरेपछि पार्टीका कार्यकर्ताहरू भने बेखुसी भएका छन् । जनताको भाेटले जित्ने अनि सेवासुविधा पाउने बेलामा परिवारवाद लाद्ने उनिहरूकाे भनाइ छ । स्वकीय सचिवले खरदार सरहको सेवा सुविधा पाउने व्यवस्था छ ।

यता यस सम्बन्धमा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ढकाल सँग सम्पर्क गर्दा गैरजिम्मेवार प्रतिक्रिया दिएका छन् । ढकालले अध्यक्ष हाेमबहादुर थापा र भुवन थापा बाउ छाेरा भएको थाहा नभएको बताएका छन् । बाउछाेरा भन्ने थाहा हुँदाहुँदै पनि प्रमुख ढकालले अध्यक्षकाे बचाउ गर्दै उक्त गैरजिम्मेवार प्रतिक्रिया दिएका हुन् । यता यस सम्बन्धमा गाउँपालिकाका अध्यक्ष थापाले भने पहिलाको स्वकीय बिदेश गएकाले काम गर्न गार्‍हो हुँदा केही समयकाे लागि छाेराेलाइ राखेको बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page