व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिताकाे बि लेवलमा विश्वास र विपिनकाे जाेडी प्रथम




तनहुँकाे दमाैलीमा भएको छैटौं व्यास नगर मेयर कप खुल्ला व्याडमिन्टन प्रतियोगिताकाे बि लेवलमा विपिन घले र विश्वास विकको जाेडी प्रथम भएका छन् । सुक्रवार सुरु भइ सनिवार सम्पन्न फाइनलमा अनिल श्रेष्ठ र कमल श्रेष्ठको जाेडिलाइ पराजित गर्दै विपिनकाे जाेडि प्रथम भएको हाे । पराजित भए सँगै श्रेष्ठको जाेडी द्धितीय भएको छ । यस्तै प्रतियोगितामा धादिङका राम मल्ल र मनाेहर कार्की तथा लक्ष्मण मल्ल र राजकुमार श्रेष्ठको जाेडी सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम , द्भितीय तथा सान्त्वना हुने टिमले क्रमशः ४० हजार , २० हजार र दस/दस हजार नगदका साथै मेडल , ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै सि लेबलको खेलमा खिम गुरूङ र डिबी गुरूङकाे जाेडी प्रथम भएको छ भने बिनाेद श्रेष्ठ र अनुद श्रेष्ठ द्धितीय तथा सुरेश गुरूङ र नितेश थापा एवम् सुमन श्रेष्ठ र सर्जन थापा सान्त्वना भएका छन् । प्रथम , द्धितीय तथा सान्त्वना हुने टिमले क्रमशः ३० हजार , १८ हजार र छ/ छ हजार नगदका साथै मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै भेट्रान्स प्रतियोगितामा हरी खत्री र अनिल लाखेकाे जाेडी प्रथम भएका छन् भने हस्तबहादुर गुरूङ र उमेश केसी द्धितीय तथा कुमार कञ्चन जिसी र कृष्णप्रसाद पाैडेल एवम् डम्बर पुन र पुर्णबहादुर रानाकाे जाेडी सान्त्वना भएका छन् ।
उनिहरूले क्रमशः ३० हजार , १८ हजार र छ/ छ हजार नगदका साथै मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै स्कुल लेबलको प्रतियोगितामा माैसम राना र रसिम मल्लकाे जाेडी प्रथम भएका छन् भने आलाेक थापा र विश्वास थापाको जाेडी द्धितीय भएका छन् । प्रतियोगितामा प्रथम तथा द्भितीय हुने टिमले क्रमशः १० हजार , ५ हजार नगदका साथै मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै डि लेबलमा काशीराम गैरे र अर्जुन सुनारकाे जाेडी प्रथम हुँदा कुमार गुरूङ र राजु गुरूङकाे जाेडी द्भितीय भएका छन् । उनिहरूले क्रमशः १० हजार र ५ हजार नगदका साथै मेडल , ट्रफी र प्रमाणपत्र
प्राप्त गरेका खेल संयाेजक सुमन श्रेष्ठले बताए ।
व्यास नगर ब्याडमिन्टन क्लवका अध्यक्ष जीवन गुरूङकाे अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा व्यास नगरपालिकाका नगर उपप्रमुख इन्दिरा दरै , प्रमुख प्रशासकिय अधिकृत काशीराम गैरे , व्यास नपाका प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष सुरेश थापा , वडा नं ३ का अध्यक्ष अनुप राना लगायतले पुरस्कार वितरण गरेका थिए । उक्त कार्यक्रमकाे सञ्चालन कृष्णराज घिमिरेले गरेका थिए । प्रतियोगितामा झण्डै १ सय पचास जना खेलाडीकाे सहभागीता रहेको थियो ।
























