फागुन ८ गतेदेखि शुक्लागण्डकी–११ साँखेमा हुने महायज्ञकाे प्रचारप्रसार तिव्र

शिवरात्रीको अवसरमा फागुनको दोस्रो साता शुक्लागण्डकी–११ साँखेमा हुने महायज्ञकाे प्रचारप्रसार तिव्र पारिएको छ । साँखे देवल स्थित श्री शिवालय मन्दिरलाई धार्मिक धामको रुपमा विकास गर्ने र शिवालय मन्दिरको पुनःसंरचना गर्ने मुल उदेश्यले फागुन ८ गतेदेखि फागुन १५ गतेसम्म हुने महायज्ञकाे तयारी तिव्र पारिएको सन्दर्भमा प्रचारप्रसार लाई पनि व्यापक बनाइएको हाे ।



महायज्ञकाे लागि केही दिन अगाडि आवस्यकीय सामान झरिसकेकाे छ र महायज्ञ स्थल बनाउने काम भइरहेको छ । यस्तै चिठी पत्र , निमन्त्रणा बाँड्ने , फाेटाे फ्रेमहरू बनाउने लगायतको काम सचिवालय बाट भइरहेको आयाेजकले जनाएको छ । शिवालय मन्दिर व्यवस्थापन समितिको मुख्य आयोजनामा हुने महायज्ञमा कथा वाचक पण्डित कपिल भट्टले कथा वाचन गर्ने यस अघि नैं साँखेमा आयोजित पत्रकार सम्मेलनमा संयोजक गंगाराम भट्टराईले जानकारी दिएका थिए । सो अवसरमा देवलिला , जनचेतना मुलक नाटक प्रस्तुती सहित संगीतमय कथा प्रवचन साथै हरेक दिन साँझ पितृ उद्धार श्रृङ्गरिक महा आरती हुनेछ । फागुन १४ गते महाशिवरात्रीको दिन बेलुका विशेष शिव ताण्डवसहित अखण्ड दीप प्रज्वलन र जाग्राम कार्यक्रम समेत समावेश गरिएको मुल समारोह समितिका महासचिव कमलराज पौडेलले जानकारी गराए ।

साँखे र त्यहाँको प्रतिस्ठा सँग जाेडिएकाे महायज्ञ भएकोले पछिल्लो समय आयाेजककाे साथै साँखे र त्यस वरपरका विभिन्न संघसंस्था , आमा समूह , युवा क्लव लगायतका सराेकारवालाहरू महायज्ञ सफल बनाउनकाे लागि लागिपरेका छन् । केही दिन अगाडि भएको पत्रकार सम्मेलनमा समेत शुक्लागण्डकी नगरपालिका वडा नं. ११ का अध्यक्ष शालिकराम भट्टराईले महायज्ञलाई सफल पार्न सबैलाई अनुरोध गरेका थिए । वडा नं. १० का अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले तीन वडाको संगमस्थलमा हुन लागेको महायज्ञले स्थानीयको एकता झल्काउने उल्लेख गरे । शिवलाय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निल कण्ठ अर्यालले मन्दिरको पृष्ठभूमिबारे जानकारी दिएका थिए । महायज्ञ उद्घाटनपूर्व फागुन ८ गते मन्दिर परिसरबाट भक्तजनहरुको सहभागितामा विहान ९ बजेदेखि कलश तथा शोभायात्राले बाजागाजा, झाकी तथा ¥यालीसहितले नगर गाउँ परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।
























