त्रिशूलीमा खसेको माेटरसाइकल बाट लमजुङका रानाको परिचयपत्र भेटियो

त्रिशूलीमा खसेको माेटरसाइकल बाट लमजुङका रानाको परिचयपत्र भेटियो

त्रिशूली नदीमा मोटरसाइकलसहित एक व्यक्ति खसेर वेपत्ता भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चट्टाने भीर (दुईकिलो) भन्ने ठाउँमा मोटरसाइकल नदीमा खसेको हो । मोटरसाइकलको नम्बर बागमती प्रदेश ०६–०२प ९२०४ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिहान ११ बजेर ५५ मिनेटको समयमा चितवन ईच्छाकामना गाउँपालिका–५ मुग्लिन–नारायणगढ सडक खण्डको कालीखोला भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको मोटरसाइकल नदीमा खसेको हो । मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलमा सवार एक व्यक्ति त्रिशूली नदीमा खसेको स्थानीयले बताएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ ।

डीएसपी महतोका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र ब्लुबुक भेटिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page