नेपाल मगर बिद्यार्थी संघ गण्डकी प्रदेशको अध्यक्षमा दिलीप राना !
नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको तेस्रो अधिवेशन सनिवार दमाैलीमा सम्पन्न भएको छ ।

अधिवेशनले दिलीप राना मगरकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे
वरिष्ठ उपाध्यक्षमा प्रेम बुढा मगर , भाषिक उपाध्यक्षमा अर्जुन सोती मगर र मोहन बुढा मगर , सचिवमा विजय थापा मगर कोषाध्यक्षमा कृष्ण अठारे मगर र
सह सचिवमा समीक्षा थापा मगर रहेका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा साजन गर्जा मगर , देव जंग बुढाठोकी मगर , गीता बुढाठोकी मगर , चन्द्र बहादुर रोका मगर र बल बहादुर रोका मगर रहेका छन् ।
























