भानुमा भेडाको ५ वटा थुमा निशुल्क बितरण

भानुमा भेडाको ५ वटा थुमा निशुल्क बितरण

राजेश कार्की
तनहुँको भानु नगरपालिका वडा-५ ढाँडखोला-बिरुवा टोलमा रहेको बिरुवा भन्ने गाउँमा भानु नगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को पशु बिकास तर्फको बार्षिक स्वीकृत भेडा संरक्षण कार्यक्रम अन्तर्गत पहिलो चरणका लागि ५ वटा भेडाका थुमा निशुल्क बितरण गरिएको छ ।
भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको अध्यक्षता र उप-प्रमुख उमा गोतामेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

गुरुङ र घले जातिको बसोबास रहेको उक्त गाउँमा पुस्तौँदेखि आफैले खाने मासुका लागि भेडापालन गर्दै आएकोमा हाल १५ घर परिवारले व्यवसायिक रुपमा १५० भन्दा बढि भेडापालन गर्दै आएका छन। लामो समय देखि उहि खोरका भेडामा प्रजनन गराउदा हाडनाता पर्ने हुँदा उत्पादनमा कमि आउने, रोगि हुने भएको हुदा यस ठाँउलाइ थप कार्यक्रमहरु गरि भानु मै भेडा पकेट क्षेत्र घोषणा गर्ने गरि पशु शाखा अघि बढेको ना.प.से.प्रा अमित ढुङ्गनाले बताए।

पशु प्रजनन कार्यालय पोखरा मालेपाटनबाट शुद्द नश्लको कागे जातको ५ वटा भेडाको थुमा आज बितरण गरिएको हो। स्थानिय समुदायले पनि एकै पटक ५ वटा थुमा पाएको हूदा आफुहरु निकै उत्साहित भएको बताएका थिए। अहिले जिउँदो भेडाको थुमा प्रतिकेजी सात सय र भेडी चार सयका दरले बिक्री हुँदै आएको छ भने बिक्री बितरणका लागि कुनै समस्या नरहेको स्थानियले बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page