बन्दिपुरकाे खड्गदेवी कन्ट्रक्सन सहित १८ वटा निर्माण कम्पनी कालाेसुचीमा

सरकारले समयमै काम सम्पन्न नगर्ने १८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार १८ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो ।

यसरी कालो सुचीमा पर्नेहरूमा खड्गदेवी कन्ट्रक्सन बन्दिपुर ४ लगायतका रहेका छन् । कालाेसुचीमा पर्नेहरूमा भाव्य कन्ट्रक्सन पाल्हीनन्दन– २ तीन वर्ष, आरसी कन्ट्रक्सन सुन्दर हरैचा– १२ मोरङ २ वर्ष, सोहन आवा जेभी, घोराही, सोहन निर्माण सेवा र आवा कन्ट्रक्सन प्राली लगायतका १८ वटा दुई–दुई वर्षको लागि कालो सूचीमा परेका छन्।
























