झुलबहादुर आले स्मृति प्रतिष्ठान द्वारा निःशुल्क स्वास्थ्य शिविर

झुलबहादुर आले स्मृति प्रतिष्ठान द्वारा निःशुल्क स्वास्थ्य शिविर


झुलबहादुर आले स्मृति प्रतिष्ठानले रिसीङ गाउँपालिका वडा नम्बर ७ मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जेष्ठनागरिक, असहाय वृद्धवृद्धा साथै सामाजिक भत्ता लिने गरेका वृद्धाहरूको लागि उक्त शिविर सञ्चालन गरिएको हो | शिविरमा स्वास्थ्य समस्या, पेट सम्बन्धी रोग, तथा सामान्य रोगीहरुको पनी उपचार साथै औषधी उपलब्ध गराइएको थियो।
विभिन्न स्वास्थ्य समस्यालाई झेल्दै आएका स्थानीयहरु आफ्नै गाँउमा शिविर आएकोले स्वास्थ्य सेवा पाँउदा खुसी भएको प्रतिष्ठानका अध्यक्ष कमल आलेले बताए । उक्त शिविरबाट ९१ जनाले लाभ उठाएका थिए । गाउँमै चिकित्सकबाट भएको स्वास्थ्य शिविरबाट स्थानीय खुशी देखिन्थे ।


प्रदेश अस्पताल दमौलीको सहयोगमा उत्तम रायमाझी हे.अ र उषा थापा स्टाफ नर्स ,थापा मेडिकलद्वारा डाक्टर विवेक खत्री उपलब्ध गराइएको थियो । यस्तै तनहुँ जलविद्युत आयोजनाद्वारा एक दिनको लागि झुलबहादुर आले स्मृति प्रतिष्ठानको लागि सवारी साधन उपलब्ध गराइएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page