चाेरी तथा आगजनी आराेपमा मग्राती पक्राउ
गोरखा नगरपालिका–१० छेवेटारका ३६ वर्षिय मन्जिल मग्राति पक्राउ परेका छन् । यसअघि पनि विभिन्न समयमा पक्राउ पर्दै छुट्दै आएका मग्राती चोरी तथा आगजानीको आरोपमा फेरि मंगलवार पक्राउ परेका हुन् ।

गत माघ १७ गते छेवेटारस्थित बुद्धिमान गुरुङ र गिता पोखरेलले संचालन गरेको खाजाघरबाट नगद तथा सरसामान चोरी हुनुका साथै गिताको खाजाघरमा आगजनी समेत भएको थियो । सोही कसूरमा मग्रातीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गाेर्खाले जनाएको छ । उनीबिरुद्ध चोरी तथा अपराधिक उपद्र शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

मग्राती यसअघि २०७१ जेठ १८ गते डाँका चोरी गरी कर्तव्य ज्यान कसुरमा, २०७९ कात्तिक १७ गते चोरी कसुर र २०८० बैशाख ३१ गते सार्वजनिक शान्ति विरुद्धको कसूरमा पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।
























