अबैध लागुऔषध सहित तीन युवा पक्राउ
पोखराको एक कृषि फर्ममा पार्किङ गरिराखिएको बोलेरो जीपबाट ठूलो मात्रामा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नं.१४ खाल्टे मसिनास्थित मंगलम कृषि फर्म प्रालिको कम्पाउण्डभित्र पार्किङ गरिराखेको लु २ च १५०९ नं. को बोलेरो जीपबाट ठूलो मात्रामा लागूऔषधसहित तीन जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्की, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त बोलेरो जीपबाट ठूलो मात्रामा लागूऔषधसहित तीन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ।
पक्राउ पर्नेहरुमा जीप चालक नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ का ३७ वर्षीय राजेश सैथवार, सोही जीपमा सवार नवलपरासीकै रामग्राम नगरपालिका वडा नं.१२ बस्ने बर्ष २८ को संसद अन्सारी र नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षीय प्रेम सागर यादव रहेको प्रहरीले बताएको छ।
उनीहरुको साथबाट अवैध लागू औषध डाईजेपाम–२६४ एम्पुल, बुर्फिननुर्फिन–२६३ एम्पुल र फेनारगन–२६५ एम्पुल गरी जम्मा ७९२ एम्पुल लागूऔषध, पाँच थान मोबाइल पनि बरामद भएको छ।
उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।
























