व्यास अडियो काण्ड – कानुन व्यवसायीकाे नाताले दिएकाे परामर्शलाई अतिरन्जित गरियो – बास्ताेला
व्यास नगरपालिकाले फाेहाेरमैला व्यवस्थापनकाे लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाउँदै गर्दा त्यस बिषय सँग सम्बन्धित विभिन्न व्यक्तिहरू जाेडिएकाे अडियो काण्ड बाहिरिएको छ । अडियो सार्वजनिक गर्न नगरपालिकाले सनिवार मात्रै पत्रकार सम्मेलन समेत गरेको थियो । उक्त अडियोमा एकजना व्यास १३ निवासी विश्व बास्तोला समेत बाेलेकन छन् । उनी बाेलेकाे अडियो बाहिर आएपछी विभिन्न टिकाटिप्पणी भइरहेका छन् । यसै सन्दर्भमा बास्तोलाले सामाजिक सञ्जाल मार्फत आफ्नाे धारणा सार्वजनिक गरेका छन् । रास्वपा सभापति समेत रहेका उनलेे पुर्वाग्रह तरिकाले विषयलाई विषयान्तर गरिएको र यथार्थ बुझेर मात्रै टिप्पणी गर्न अनुरोध गरेका छन् । उनले उक्त अडियोमा भएको बिषय कानुन व्यवसायीकाे हिसाबले दिएको कानुनी सल्लाह हाे , यसमा पार्टीको नाम जाेडेर बिवादमा तान्न नखाेज्न भनेका छन् ।

उनलेे लेखेका छन् – व्यास नगरपालिका द्वारा फोहोर ब्यवस्थापनका लागि जग्गा खरिद प्रक्रियामा भएका गतिविधि लाई लिएर सामाजिक सन्जालमा केही ब्यक्तिहरुले व्यक्त गरेका धारणा र प्रतिक्रिया हरु ले मेरो ध्यानाकर्षण भएको छ । मैले एउटा कानुन व्यावसायिको नाताले एक जना सेवाग्राही लाई निजको लेनदेन व्यबहार को बिषयमा फोन मार्फत कानुनी परामर्श दिएको प्रसङ्ग लाई पुर्वाग्रह पुर्ण तरिकाले बिषयान्तर गरि प्रस्तुत गरिएको अवस्था हो ।जग्गा खरिद प्रक्रिया सङ उक्त फोन बार्ताको कुनै सम्बन्ध छैन । म आफू कानुन ब्यवसायी भएको नाताले जो कसैले कानुनी सल्लाह मागेमा निजको हितमा सल्लाह दिनु मेरो पेशागत धर्म (कर्तव्य ) हो । सो बाहेक उक्त प्रसङ्ग मा मेरो कुनै सरोकार नरहेको हुदा अडियो सम्बाद पूरा सुनेर यथार्थ कुरा बुझेर मात्र आफ्नो धारणा बनाउन सबैमा अनुरोध गर्दछु । एउटा कानुन ब्यवसायी ले पेशागत मर्यादा भित्र रहेर गरेको कार्य लाई अतिरन्जित गरी केही ब्यक्ति हरुले राजनितिकरण गर्ने उदेश्य ले रास्ट्रीय स्वतन्त्र पार्टी लाई बिवादमा तान्न खोज्नु पुर्वाग्रह पुर्ण देखिन्छ । यथार्थ सत्य तथ्य बुझेर प्रतिक्रिया दिनुहुन र भ्रममा नपर्न सम्पुर्ण सामाजिक संजाल प्रयोग कर्ता साथी हरुमा अनुरोध गर्दछु ।

अधिवक्ता
बिश्व बास्तोला
























