डुम्रे महाेत्सवमा डुङ्गामा सरर

डुम्रे महाेत्सवमा डुङ्गामा सरर

तनहुँकाे डुम्रेमा जारी चाैंथाे डुम्रे साँस्कृतिक महाेत्सवमा डुङ्गामा चढ्न पाइने भएको छ । महाेत्सवमा आउने दर्शकहरूलाइ थप मनाेरञ्जन दिन डुङ्गाकाे व्यवस्था गरिएको हाे । चुँदि खाेलामा ताल बनाएर त्यही तालमा डुङ्गामा चढ्न पाइने व्यवस्था मिलाइएको छ ।

हिमालयन रिभर अपरेटर कम्पनीको दुईवटा डुङ्गा दर्शकहरूकाे लागि राखिएको छ । डुङ्गामा चढ्नेहरू सँग प्रतिव्यक्ति एकसय रूपयाँ लाग्ने हिमालयन रिभरका सन्त लामाले बताए । महाेत्सवमा डुङ्गामा मनाेरञ्जन गर्न पाइने भए पछि दर्शकहरू त्यसतर्फ आकर्षित हुन थालेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page