व्यास नगर अडियो काण्ड पछि नगर प्रमुख न्याैपानेले बाेलाएकाे सर्वदलीय बैठकमा के भयो ?

व्यास नगर अडियो काण्ड पछि नगर प्रमुख न्याैपानेले बाेलाएकाे सर्वदलीय बैठकमा के भयो ?

 तनहुँको व्यास नगरपालिकाकाे अडियो काण्ड व्यापक भएपछि नगर प्रमुख बैकुण्ठ न्याैपानेले जिल्लाका राजनीतिक दलकाे सर्वदलीय बैठक बाेलाएर छलफल गरेका छन् । बैठकमा व्यास नगरपालिकाकाे सरसफाइ केन्द्रकाे जग्गा खरिदमा देखिएको बिवाद पछिकाे अडियो काण्ड , कर्मचारीकाे स्पस्टिकरण लगायतका विषयमा छलफल भएको बुझिएको छ । जिल्लाका चार राजनीतिक दलले पछिल्लो घटनाक्रमकाे बारेमा ज्ञापनपत्र बुझाएपछि त्यसबारेमा छलफल गर्न र दलको भनाइ बुझ्न नगर प्रमुख न्याैपानेले बैठक डाक्नुभएकाे एमाले व्यास नगर अध्यक्ष तुल्सी पाण्डेले बताए । हामीले हाम्रो धारणा राख्यौं , मेयर सावले सुन्नुभयाे र आफ्नाे भनाइ राख्नुभयाे पाण्डेले भने ।

यस्तै नेपाली काङ्ग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालले पनि मेयर सावले सुझाब माग्नुभएकाे र पार्टीको तर्फवाट आँफुले सुझाव दिएको बताए ।

दलका प्रतिनिधिहरूले खासगरी सकभर सार्वजनिक जग्गा खाेज्नुपर्ने , बिवादित जग्गामा हात हाल्न नहुने , जग्गा खरिदका लागि राजनीतिक संयन्त्र बनाउनुपर्ने लगायतका बिषयहरू उठान गरेका थिए । सबै दलको भनाइ सुनेपछि नगर प्रमुख न्याैपानेले सकभर सार्वजनिक जग्गा खरिदका लागि हेर्ने तर तत्कालै सम्भावना नभएको अवस्थामा व्यास १३ काे अहिलेकै जग्गा खरिद प्रक्रिया अगाडि बढाउने बताएका छलफलमा सहभागी एक सदस्यले बताए । मेयर सावकाे कुरा हामीलाई साक्षी बसाउन बाेलाएजस्ताे देखियो ती सदस्यले भने ।

यसैबीच बुधबार मात्रै बसेकाे व्यास नगरपालिका कार्यपालिका बैठक पुन साेमबार बस्ने भएको छ । बैठकमा बिवादमा तानिएका चारजना कर्मचारीले आइतबार बुझाएको स्पस्टिकरणका सम्बन्धमा छलफल हुने बताइएको छ । नगरपालिकाका केही कर्मचारीकाे अडियो सार्वजनिक भइ बिवादमा तानिएका र स्पस्टिकरण साेध्दै निलम्बनमा राखिएका चारजना लाई अब के गर्ने भन्ने बिषयमा कार्यपालिकाले निर्णय गर्न बैठक बाेलाइएकाे बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page