डुम्रे महाेत्सवमा आज राम्जी खाँड आउने , समापन काङ्ग्रेस नेता भण्डारीले गर्ने
तनहुँकाे डुम्रेमा जारी चाैंथाे डुम्रे साँस्कृतिक महाेत्सवकाे अन्तिम दिन आज राष्ट्रिय कलाकार राम्जी खाँड आउने भएका छन् । महाेत्सवकाे अन्तिम दिन खाँड लगायतका कलाकार आउने कलाकार संयाेजक सुनिल श्रेष्ठले बताए ।
यस्तै महाेत्सव समापन समाराेह नेपाल सरकारका पुर्व मन्त्री तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारिकाे प्रमुख आतिथ्यतामा सम्पन्न हुने महाेत्सवका सहनिर्देशक राजेन्द्र पियाले बताए । फागुन २१ गतेदेखि सञ्चालन भएको महाेत्सवमा भण्डारी लगायतका अतिथिहरू सहभागी भइ चैत ३ गते सम्पन्न गर्ने कार्यक्रम तय भएको सहनिर्देशक पियाले जानकारी दिए ।

व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा ” भन्ने मुख्य नारा सहित भानु नगरपालिका वडा नं १ काे पुल्चोकमा भइरहेकाे महाेत्सवकाे आज समापन हुने भएको हाे ।
तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएकाे तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष हेमलाल भिकेले बताए ।

























