आँबुखैरेनिका इन्स्पेक्टर टेकप्रसाद सुवेदी उत्कृष्ट प्रहरी घाेषित

आँबुखैरेनिका इन्स्पेक्टर टेकप्रसाद सुवेदी उत्कृष्ट प्रहरी घाेषित

पटकपटक लागुऔषध सहित विभिन्न व्यक्तिहरू पक्राउ गरेर कानुनी दायरामा ल्याउन सफल आँबुखैरेनिका इन्स्पेक्टर टेकप्रसाद सुवेदी उत्कृष्ट प्रहरी घाेषित भएका छन् ।
गण्डकी प्रदेश अन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन तथा हौसला प्रदान गर्ने उद्देश्यले लागू गरिएको ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि – २०८१’ अनुसार फागुन महिनाको उत्कृष्ट प्रहरी घाेषित भएका हुन् ।

प्रदेश मातहतका सम्पूर्ण कार्यालयहरूबाट सिफारिस भई आएका प्रहरी कर्मचारीहरूमध्येबाट इ प्र का आँबुखैरेनी तनहुँका प्रमुख प्रहरी निरीक्षक सुवेदी सर्वोत्कृष्ट प्रहरी घोषित भएकाे प्रदेश कार्यालयले जनाएको छ ।
संगठनको नीति निर्देशनअनुसार उनलाई प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दार, बफादार र कर्तव्यनिष्ठ भई उच्च व्यावसायिक सुझबुझका साथ निर्वाह गर्नुका साथै लागुऔषध नियन्त्रण, अवैध हातहतियार बरामद, सचेतनामूलक कार्यक्रम तथा आन्तरिक भौतिक पूर्वाधारको पुनर्निर्माण र संरक्षणमा नेतृत्वदायी भूमिका खेलेको भन्दै उनलाई पुरस्कृत गरिएको हो।

सुवेदीले समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्दै प्रहरी संगठनको छवि उच्च राख्न योगदान पुर्‍याएका कारण उनलाई ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि – २०८१’ बमोजिम फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

समाजमा बढिरहेका सुरक्षा चुनौतीको सामना गर्दै सबल र सक्षम प्रहरी अधिकृतकाे भुमिका निभाउँदै आएका उनलेे हरेक दिन जसाे लागुपदार्थ ओसारप्रसार गर्ने ठुलो गिराेहलाइ समाउन सफल हुँदै आएका थिए ।

एकपछि अर्को उत्कृष्ट काम गरि आँफुलाइ अव्वल प्रहरी अधिकृतकाे रूपमा परिभाषित गर्न सफल भएका उनको काम गराइले राष्ट्रले सुम्पेको जिम्मेवारी पुरा गर्न प्रहरी संगठन काविल रहेको प्रमाणित गराएको भान हुँदै आएकाे थियो । आबुखैरेनी इन्चार्जकाे कमान्ड सम्हाले पछि उनलेे चालेकाे स्टिङ अप्रेसनले उनको अत्याधिक सफलता मात्रै गराएको थिएन , प्रहरी संगठनकै गरिमा उकासेको चर्चा भइरहँदा उनी पुरस्कृत भएका हुन् ।

सिमित साधनश्रोतका बाबजुद अपराध नियन्त्रण, अनुसन्धान र ट्राफिक व्यवस्थापन एंव समग्र शान्ति सुरक्षा कायम गर्दै जिम्मेवारी पुरा गर्न प्रहरी काविल छ भन्ने शन्देश समेत उनको कमाण्डले देखाउँदै आएकाे थियो ।
इन्स्पेक्टर सुवेदीले समाजमा शान्ति सुरक्षा बहालीका लागि बदलिदो सामाजिक चरित्रलाई सुक्ष्म रुपमा विश्लेषण गर्दै प्रभावकारी काम गरिरहेको आँबुखैरेनीबासीले समेत बताएका थिए ।

समाजमा बढिरहेका सुरक्षा चुनौतीको सामना गर्दै सबल र सक्षम प्रहरी अधिकृतकाे भुमिका निभाएका उनलेे कार्यालयबाट दिने सेवा प्रवाह छिटो, छरितो र चुस्त बनाउनुका साथै कार्यालय व्यवस्थापन , पुनर्निर्माण गर्दै आम नागरिकलाइ शान्ति सुरक्षाको पूर्णतः प्रत्याभूति दिलाउँदै आएका थिए । यस्तै प्रहरी—नागरिक साझेदारी मार्फत प्रहरीलाई अझ गतिशील बनाउँदै बदँलिदो समाजमा प्रहरीप्रति नागरिकको विश्वास अझ बढाउने तर्फ लागेका उनलाई पुरस्कृत गरिएको हाे । नागरिकसंगको सहकार्य र हातेमालोबाट प्रहरी संगठनले समाजमा प्रभावकारी उपस्थिति देखाउन सक्ने र आफ्नो छवि उज्जवल बनाउन सक्ने भएकाले नागरिकसंगको सुमधुर सम्बन्धलाई अगाडि बढाएको उनी बताउँछन् । पछिल्लो हप्ता मात्रै उनकै नेतृत्वको टाेलीले लागुपदार्थ ओसारपसार गर्ने तथा प्रयाेगकर्ताहरूलाइ पक्राउ गर्ने , बढ्दो सवारी दुर्घटना न्युनिकरणकाे लागि सचेतना जगाउने , बनजंगलमा हुने आगलागी नियन्त्रण तथा राेकथाम सम्बन्धि सचेतना जगाउने लगायतका काम गर्दै आएकाे थियो । यस्तै प्रमुख सुवेदीले बालबालिकाहरुको शैक्षिक पक्षको उन्नयनका लागि बाल गृहमा शैक्षिक तथा खेलकुद सामाग्रीहरु समेत हस्तान्तरण गरेका थिए । अझै अर्को पक्षत के छ भने उनले कार्यालयमा अहिले सबै प्रहरी कर्मचारीले चरेसकाे थालमा भात खाने व्यवस्था मिलाएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page