च्याउ खाँदा बिरामी भएका तनहुँका नारायणकाे मृत्यु

च्याउ खाँदा बिरामी भएका तनहुँका नारायणकाे मृत्यु

तनहुँकाे म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने बर्ष ३० का नारायण मगरको बारीमा उम्रिएको जंगली च्याउ टिपेर खाँदा दश जना बिरामी भएका मध्ये एकजनाको मृत्युु भएको छ । व्यास नगरपालिका–६ शान्तीटोल बस्ने निजको मामा  बर्ष ६३ को गुरु बहादुर पुलामीको घरमा ल्याई पकाई खाँदा उनिहरू बिरामी भएका थिए । 
बिरामी भएका उनीहरुको प्रदेश अस्पताल दमौलीमा उपचार गरिएको र केही गम्भीर बिरामीलाई पाेखरा पठाइएको थियो । व्यास ६ निवासी बर्ष ६३ को गुरु बहादुर पुलामी,पुलामीको छोरा बर्ष ३१ को सुरेन्द्र पुलामी, म्याग्दे–६ सर्बलाङ बस्ने बर्ष ३० नारायण मगर,निजको  श्रीमती बर्ष २३ की पबित्रा मगर,‌बर्ष ४२ को लित बहादुर थापा, बर्ष ३६ को केसब पुलामी,बर्ष ६५ की सिता पुलामी,बर्ष ४ को सुमित पुलामी,बर्ष ६६ को चक्र बहादुर पुलामी,बर्ष १८ की आरती पुलामीलाई बमेट,पखाला लाग्ने,रिङगाटा लाग्ने लक्षण देखिएको थियो ।
गम्भीर मध्ये म्याग्दे गाउँपालिका–६ निवासी बर्ष ३० का नारायण मगर र बर्ष ४ का सुमित पुलामीलाई शनिवार साँझ ८ ३० बजेको समयमा गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएकोमा पाेखरामा उपचारको क्रममा नारायण थापाको मृत्यु भएको बताइएको छ । यस्तै अर्का गम्भीर सुमित पुलामीलाइ काठमाडौं पठाउने तयारी भएको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page