तनहुँमा बरिस्ठ प्रहरी हवल्दार मृत भेटिए
तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ प्रहरी हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् ।

रुपन्देही घर भई ऋषिङमा करिब ४ महिनादेखि कार्यरत ४३ वर्षीय विक बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका स्थानीयले बताएका छन् ।

मृतक विक लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको र डिप्रेसनकाे औषधी खाने गरेको बताइएको छ ।
























